संविधान दिन्छन की ? झगडा दिन्छन्

माघ ८ गते संबिधान जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका ठूला दलका नेता र प्रधानमन्त्रीले संबिधान बनाउन नसक्ने      परिस्थिति निर्माण हुँदै गएपछि बिरोधमा ओर्लिने दल र तिनका नेतालाई खुशी पार्न तर्फ पनि अहिले एकहुल नेताहरु सक्रिय देखिएका छन् । मेरो सत्ता मेरो भनेको मान्नुपर्ने, मेरो मधेश हामीले भनेको मान्नुपर्ने, यस्ता धेरै बखेडाहरु झिकिर यसपालिको संविधान निर्माण कार्यलाई पनि विगतकै हातमा पु¥याउने खतरा बढेको देखिएको छ ।
प्रमुख बिपक्षी एमाओबादी, बिपक्षीहरु मोहन वैद्य, विप्लव चन्द एवं मधेशी मोर्चाका नेताहरुकै बीचमा पनि संविधान जारी गर्ने बिषयमा फरक फरक धारणा बाहिर आउन थालेका छन् । सबैले सरकारको नेतृत्व थामेका बेलामा मात्रै संविधान निर्माणको खाक्रो आश्वासन दिने र अन्य समय वा सरकार भन्दा बाहिर बसेका बेला पुर्ण रुपमा नेपाली जनताको भावना भन्दा फरक काम समेत गर्न पछि नपर्ने यस्तो प्रवृती बोकेका दल र नेताहरुलाई समेत अव जनताहरुले     खवरदारी गर्नुपर्ने देखिएको छ । संबिधान सभाको मिति नजिकिदै आएको छ । अव १४ दिन मात्र बाँकी रहेको यस्तो अवस्थामा अँझै आपसी समझदारी भन्दा झगडाकै शैलीमा प्रस्तुत भएका नेपालका राजनीतिक दलहरुले यसपालि पनि संविधान दिनुभन्दा झगडा मात्रै दिने हुन् की भन्ने स्पष्ट भएको छ । आफ्नो देशको कुरा मिलाउन नसकेर बिगतदेखि बाह्य शक्तिको आवश्यकता पर्ने हाम्रो नेपालमा अहिलेपनि बाह्य शक्तिले संबिधान हैन नेपालमा झगडानै चाहेको कुरा अँझै मगझमा आएको छैन नेपालका नेताहरुको ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार